
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ७ सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय थियो।
यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर १ हजार ३ सय ६० तोकिएको महासङ्घले जनाएको छ।