पछिल्लो २४ घण्टामा देखिएन कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका नयाँ विरामी फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १९९ वटा नमूनाकै रिपोर्ट नेगेटिभ आएको छ।

यो समयमा कोरोना संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ । थप २ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

Back to top button