प्रदेश १ मा प्रदेशसभा सदस्यहरुको सपथग्रहण आज

विराटनगर । प्रदेश १ को प्रदेशसभाका ९३ जना सांसदले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बु भाषमा सपथ लिने भएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार जेष्ठ सदस्य गयानन्द मण्डल गनागाईले प्रदेश प्रमुखबाट सथप लिने र त्यसपछि मण्डलले बाँकी ९२ जना सांसदलाई सथप ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरु मध्ये जेष्ठ सदस्य गनगाईले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार आज दिउँसो १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा (५) प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को दफा १९ बमोजिम सपथ लिनुहुनेछ ।

७९ वर्षीय गनगाई नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित हुनुभएको हो । उहाँले प्रदेश सभामा अर्को सभामुख चयन नहुञ्जेलसम्म प्रदेश सभा बैठकको अध्यक्षता समेत गर्नुहुनेछ ।

प्रदेशसभा सचिवालयले मातृभाषमा सपथ लिन चाहने प्रदेश सभा सदस्यहरुको सपथको व्यहोरा आफ्नो मातृभाषमा अनुवाद गरि सोही बमोजिम सपथ ग्रहण गर्ने व्यवस्था गरेअनुसार पाँच जना प्रदेशसभा सदस्यहरुले लिम्बु भाषमा सपथ ग्रहण गर्ने जनाइएको छ ।

माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकिकृत समाजवादी( का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जगेबु, नेपाली कांग्रेसका खगेनसिंह हाङ्गाम र जनता समाजवादीकी निर्मला लिम्बुले याक्थुम लिम्बु भाषामा सपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशसभाका सबै सभा सदस्यहरु राष्ट्रिय पोशाक वा अआफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुनेछन् । प्रदेश १ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिक तर्फबाट ३७ सांसद छन् ।

Back to top button