प्रदेश १ का सांसदको शपथग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ का नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो ।

उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराउनुभयो । त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिनुभएको थियो।

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । तीमध्ये मण्डलले सुरुमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । त्यसपछि उहाँले ९२ जना सांसदलाई प्रदेशसभा हलमा शपथ खुवाउनुभयो । प्रदेशसभा सचिवालयले दिउँसो १ः३० बजे नवनिर्वाचितको शपथग्रहण कार्यक्रम राखेको थियो ।

Back to top button