प्रदेश १ बाट राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

विराटनगर । प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन हुनुभएको छ ।

झापाको दमकमा आज राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा बसेको प्रदेशस्तरीय बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहनुभएका सिटौला संसदीय दलको नेतामा सर्वसम्मत चुनिनुभएको हो ।

सो बैठकमा पार्टी झापा अध्यक्ष केशवप्रसाद ओझा, धनकुटा अध्यक्ष कुमार थापा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

सिटौला झापा क्षेत्र नम्बर–४ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो। राप्रपाले १ नम्बर प्रदेशसभा सदस्यमा ६ सिट जितेको छ। २ प्रत्यक्ष र ४ समानुपातिकबाट जितेको हो।

त्यसमध्ये ५ जना झापाबाट चुनिएका छन्। प्रदेश १ मा सत्तारूढ गठबन्धन एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्ने मत पुग्छ।

Back to top button