
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताउनुभएको छ । उहाँले सुरुवात सुदूरपश्चिमबाट भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।’
एस निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई मजबुद बनाउन थालिएको बताउनुभयो।
नेपालले भन्नुभयो,‘तपाइँहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो। नयाँ सरकारमा अहिले को को छन्? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’
उहाँले नेकपा एकीकृत समाजवादीको अवस्था खत्तम छ भन्नेलाई पनि देखाइदिने दावी गर्नुभयो। ‘यो पार्टीको हालत खत्तम छ। यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो? कहाँबाट देखापर्यो त्यहाँ?’ उहाँले भन्नुभयो ।