समृद्धिको बाटोमा अग्रसर हुनु हामी सबैको दायित्व होः मुख्यमन्त्री कार्की (भिडियो सहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

७३ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाली जनताका अपेक्षाहरुलाई पुरा गर्न दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संघीय शासन प्रणाली मौलिक र बिल्कुलै नयाँ रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनितिक दल, सरोकारवाला सबैको सहयोगको अपेक्षा रहेको बताउनुभएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको भन्दै उहाँले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको बताउनुभयो ।

हेरौं भिडियोमा 

Back to top button