एकिकृत समाजवादीको सचिवालय बैठक बस्दै, राष्ट्रपतिको निर्वाचनका बिषयमा छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको महासचिव बेदुराम भुसालले बताउनुभयो ।

यस्तै राष्ट्रपतिको निर्वाचनबारे समेत निर्णय गरेर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।

एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।

Back to top button