
पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा स्थित हातिखर्कमा आगलागी भइरहेको छ ।
जंगलमा लागेको गाउँमा पसेको हो । अहिलेसम्म १३ घर जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेकाले आगलागी फैलिएको छ।
घोडेटार समुदायिक वनबाट आगो बस्तीमा आएको हो।आगलागी नियन्त्रणका लागि गाउँले प्रयास गरेपनी सफल हुन सकेका छैनन् ।