प्रदेश १ को नामकरणको प्रस्ताव दर्ता गर्न १२ बजेसम्मको समय निर्धारण

विराटनगर । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश १ को नामरकणका लागि प्रस्ताव दर्ता गर्न आज १० बजेदेखि १२ बजेसम्मको समय दिनुभएको छ ।

सभामुख गौतमको आदेश अनुसार प्रदेश सभा सचिवालयले जारि गरेको सूचनामा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) (१) बमोजिम सोही नियमालीको अनुसूची– ९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुलाई आज १० देखि १२ बजेसम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन सूचना प्रकाशन गरिएको छ ।

हेरौं सूचना

Back to top button