प्रदेश १ को प्रदेश सभा अगाडि सुरक्षा व्यवस्था कडा (हेरौं तस्वीरमा)

विराटनगर । प्रदेश १ को आज नामकरण गर्ने प्रकृया आरम्भ भएसँगै प्रदेश सभा अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ । नामकरणको प्रस्ताव प्रदेशसभामा पेस गर्न प्रदेशसभा सचिवालयले कार्यसूची जारी गरिसकेको छ ।

नामकरणको प्रस्ताव पेस गर्ने भएसँगै प्रदेशसभा अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ । आज बिहानै सुरक्षा संयन्त्रको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो ।

नामकरणको विषय प्रदेशसभामा प्रवेश हुँदा आन्दोलन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । नाम जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।

विराटनगर प्रवेश गर्न नाकाबाटै सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यलाई पनि स्वकीय नलिई आउन भनिएको छ ।

Back to top button