संविधानको रक्षामा कटिबद्ध हुनेछु : रामसहाय यादव

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले संविधानको रक्षा र पालना गराउन आफू कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति उम्मेदवार यादवले आफू निर्वाचित भए संविधानको पालना गराउन अभिभावकत्व भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म हो । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ।’ यादवले संविधानको रक्षा र पालनामा कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

उपराष्ट्रपति निर्वाचनमा यादवसहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झाको पनि उम्मेदवारी परेको छ ।

यस्तै, उपराष्ट्रपतिको मतदान जारी छ। मतदात सकिएलगत्तै मतगणना सुरू गर्ने र मतपरिणाम आजै साँझ ६ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

Back to top button