सुकुना क्याम्पसको सभापतिमा अनेरास्ववियूका लिम्बू विजयी

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका सन्तोष लिम्बू विजयी हुनुभएको छ ।

उहाँ १ हजार ३ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, स्ववियु सचिवमा एमाले अनेरास्ववियुका एलिस ओझा १ हजार १४ मतका विजयी हुँदा नेविसंघका नीराजन धमलाले १ हजार ६ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित हुनुभएको छ । सुकुना क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध ४ दलीय गठबन्धन थियो ।

नेविसंघ, अखिल कान्तिकारी र समाजवादी विद्यार्थी युनियन अनेरास्ववियूका सन्तोष लिम्बूको नेतृत्वमा चुनावमा होमिएका थिए । योसँगै नेकपा एस निकट अनेरास्ववियूले मोरङमा खाता खोल्न सफल भएको छ ।

स्ववियु सभापतिमा निर्वाचित हुनुभएका लिम्बू यसअघि सुकुनाको सभापति हुनुहुन्थ्यो ।

Back to top button