सरकार अस्थीर रहे स्थानीय तहलाई पनि सजिलो हुन्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताउनुभएको छ ।

काठमाडौं महानगरको आयोजनामा आजदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताउनुभएको हो ।

उहाँले सरकार भनेको स्थानीय पालिका–पालिकामा छ भन्ने अभाष दिलाउनसक्नुपर्ने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो,‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’

उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उहाँले बताउनुभयो । भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् । सम्मेलनमा न्यायिक समितिसम्बन्धी ४ वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।

Back to top button