नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सुनुवाइ जारी

काठमाडौं । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ भइरहेको छ।

गत बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टा–छुट्टै रिट दायर गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिनुभएको थियो। तर, त्यसपश्चात कुनै बुँदामा संशोधन नगरी तत्कालीन कांग्रेस–माओवादी गठबन्धनले संसदबाट पारित गर्ने निर्णय गरेर बहुमतले पारित भएपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।

यस्तै, अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायतले विरोध जनाएका छन्।

Back to top button