लागुऔषधसहित ८ जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित २ जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ३४ वर्षीय विकाश लिम्बूसहित २ जनालाई प्रहरीले नियनत्रनमा लिएको हो। लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ,बेलबारी नगरपालिका–११ स्थित केशल्या पुलबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका–११ बस्ने २१ वर्षीय दिपेन राई समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलाली,धनगढी उपमहनगरपालिका–१३ राजपुर गाउँबाट अवैध लागुऔषध खैरो हेरोइन करिब २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र २४ वर्षीय गणेश राना रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २४ वर्षीय भिमबहादुर सिजालीसमेत २ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Back to top button