सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ ।

आजको प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । यस्तै, प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ ।

Back to top button