महानगरपालिकाद्वारा विराटनगरको दुई सपिङ्ग-मलमा अनुगमन (हेरौं भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा रहेको दुई सपिङ्ग मलहरुमा अनुगमन गरेको छ। महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेको भाटभटेनी सुपरमार्केट र सेन्ट्रल मलमा अनुगम गरेको हो।

साउन १ गते देखि महानगरपालिकाको सहजीकरणमा नेपाल-भारत नाकामा भारत बाट खरिद गर्ने दैनिक उपभोगको वस्तुलाई कडाई गर्ने निर्णय भएपछि स्थानीय बजारमा दैनिक उपभोगको वस्तुहरुको मूल्य तथा गुणस्तरको बिषयमा दुई सपिङ्ग मलमा अनुगमन गरिएको अनुगमन टोलीको नेतृत्व गर्नुभएका विराटनगर महानगरपालिकाका आर्थिक प्रशासन शाखाका प्रमुख दिपक पौडेलले जानकारी दिनु भयो। नाकामा कडाई भएको समयमा महानगर भित्र रहेको सपिङ्ग-मलमा दैनिक उपभोगको वस्तुहरुको मूल्यको अवस्था के कस्तो छ भन्ने जानकारी लिन महानगरपालिकाले अनुगमन गरेको प्रमुख पौडेलले बताउनु भयो।

पौडेलले महानगर क्षेत्रमा रहेको दुई सपिङ्ग-मलको हालको वस्तुहरुको मूल्य र सोहि वस्तुहरुको एक हप्ता पहिलेको मूल्य तुलना गर्दा खासै फरक नदेखिएको समेत बताउनु भयो भने महानगरले मल तथा पसलहरुको नियमित अनुगमन जारी राख्ने बताउनु भएको छ।

महानगरको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय , मोरङ , गुणस्तर तथा नापतौल कार्यालय , मोरङ र खाद्य प्रबिधि गुण नियन्त्रण कार्यक्रम , मोरङको समेत सहभागिता रहेको थियो।

Back to top button