सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्री प्रचण्डको गुनासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारलाई कर्मचारी क्षेत्रले सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

आज नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औं स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको उहाँको भनाई छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्र भित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो।

Back to top button