एमाले अध्यक्ष ओली आज महेन्द्रनगर आउँदै

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि आज एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउँदै हुनुहुन्छ ।

बिहीबार (आज) दिउँसो महेन्द्रनगर स्थित संविधान चोकमा अधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । अध्यक्ष ओली बिहान महेन्द्रनगर पुग्ने कार्यक्रम रहेको छ । अधिवेशन उद्घाटनअघि अध्यक्ष ओलीले दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह निरीक्षण र वडा कार्यालय भवनको उद्घाटन गर्नुहुने छ ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले अधिवेशनको सबै तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले जिल्ला अधिवेशनका लागि ४ सय ६४ प्रतिनिधि छनौट गरिएको बताउनुभयो । उहाँका अनुसार खुला, महिला, जन वर्गीय संगठन र आयोजक कमिटीबाट प्रतिनिधि छनौट गरिएको हो ।

नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन्। हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा सचिव पल्लवराज भट्ट र नेताहरु अशोक चन्द र हीरा चन्द हुनुहुन्छ । उहाँले नेता तथा कार्यकर्ताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Back to top button