सार्क र विमस्टेकलाई सँग–सँगै अघि बढाउन सरकारले पहल गर्नुपर्छ : एमाले सांसद भट्टराई

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले सार्क र विमस्टेकलाई सँग–सँगै अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै उहाँले सार्क र विमस्टेक एक अर्कामा निषेध गर्ने ढङ्गले आएको भन्दै त्यसो गर्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो ढङ्गले आएको छ। यसमा हामी जोगिनुपर्दछ। भूराजनीतिक जटिलता, सङ्घर्ष र तनावहरू दक्षिण एसियामा जसरी उत्पन्न भइरहेका छन्। यी तनावहरूबाट मुक्त हुँदै नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आफ्नो संलग्नता देखाएको छ। यसबाट आर्थिक लगायत अन्य प्रगतिमा अघि बढाउनुपर्छ।’

Back to top button