एमाले अध्यक्ष ओली डोटीमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज डोटीमा स्थानीयसँग छलफल गर्नुभएको छ । एमाले डडेल्धुराको जिल्ला अधिवेशनको उद्घाटन गरेर फर्कने क्रममा अध्यक्ष ओलीले डोटीको बुडरमा स्थानीयसँग छलफल गर्नुभएको हो ।

एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लका अनुसार अध्यक्ष ओलीले बुडरमा खान खाएर भेटघाट गर्नुभएको हो । उहाँ त्यहाँबाट डडेल्धुराको पशुराम जानुभएको थियो । अहिले अध्यक्ष ओली काठमाडौँ आउन धनगढीमा हुनुहुन्छ ।

Back to top button