विराट गोल्डकपको आठौँ संस्करण चैत १५ गतेबाट सुरु

विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौँ संस्करण चैत १५ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले आज विराटनगर स्थित शहिद रंगशालामा पत्रकार सम्मेलन गर्दै आठौँ संस्करणको गोल्डकप प्रतियोगिता चैत १५ गते देखि चैत २४ गतेसम्म संचालन हुने जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागेसंगै प्रतियोगिता आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको थियो थियो। शाहीको अनुसार शहिद रंगशालामा रात्रीकालिन समयमा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली सहित ७ वटा क्लब , भारतका २ क्लब र एक भुटानी क्लब गरेर १० टिमको सहभागिता रहने छ।

प्रतियोगिता नेपालका नेपाल पुलिस क्लब , त्रिभुवन आर्मी क्लब , नेपाल एपीएफ फुटवल क्लब , मछिन्द्र पुलिस क्लब , एनआरटी क्लब , चर्च व्याइज क्लब , सांग्रिला मोरङ क्लब , भारतका साउथर्न समिति फुटवल क्लब कोलकाता , सिक्किम ड्रागन फुटवल क्लब सिक्किम र भुटानको आरटिसी फुटवल क्लब थिम्फुको सहभागिता रहने छ।

शाहीका अनुसार प्रतियोगिताको विजेतालाई ११ लाख , उपविजेतालाई ५ लाख ५० हजार र प्रतियोगिताको विधागत उत्कृष्ट प्रशिक्षक र गोलरक्षकलाई २१ हजार , सर्वाधिक गोलकर्तालाई २१ हजार , दैनिक उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ।

ट्रष्टले प्रतियोगिता संचालन गर्न कुल १ करोड १९ लाख खर्च हुने जनाएको छ।

Back to top button