मतदान गरेपछि सुहाङको प्रतिक्रियाः जित्नेमा विश्वस्त छु

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान जारी छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू उत्साहित भएको बताउनुभएको छ । उहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।

निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्नुभयो ।

इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १ सय ४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम–२ मा १ लाख १६ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

Back to top button