जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा गरिसकेको छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिनुभएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताउनुभएको छ । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताउनुभएको हो ।

रास्वपा सभापति समेत रहनुभएका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भएपनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको जानकारी दिनुभयो ।

लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको बताउनुभयो । राईमाथि अनुसन्धान जारी रहेको र अहिले सबै कुरा भन्न नमिल्ने उहाँले बताउनुभयो ।

Back to top button