जिम्मेवार प्रतिपक्षीले पूर्वाग्रह राखेर राजीनामा माग्दैन : एमाले नेता पन्त

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताउनुभएको छ ।

आज संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनुपर्ने भए पनि विना प्रमाण पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताउनुभयो ।

राजीनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उहाँको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरूलाई पनि हेर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको बताउनुभयो ।

Back to top button