सेयर बजारमा आज दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २ सय ४९ पटक खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भयो।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १ दशमलव ७२ र व्यापार समूह १ दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाए। सो कम्पनीको सेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढि शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३२०रुपैयाँको सेयर बराबरको कारोबार भएको छ ।

Back to top button