युएईको तेस्रो विकेट पतन, गुल्शन झाद्वारा दुई विकेट

काठमाडौं । युएईको तेस्रो विकेट पतन भएको छ । नेपालका गुल्शन झाले दुई विकेट लिनुभएको हो । झाले आसिफ खानलाई आउट गराउनुभएको हो । उहाँ ६ बलमा १० रन जोडेर पेभेलियन फर्किनुभएको छ ।

यसअघि झाले युएईका विष्णु सुकुमारानलाई आउट गराउनुभएको थियो । उहाँ ७ दशमलव ५ ओभरमा २८ बलमा २८ रन जोडेर आउट हुनुभएको थियो ।

सोमपाल कामीले युएईको पहिलो विकेट लिनुभएको थियो । युएईका कप्तान मोहम्मद वासिमलाई कामीले आउट गराउनुभएको हो । उहाँ ७ बलमा ११ रन बनाएर बाहिरिनुभयो । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

यस्तै, ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल जारी छ ।

Back to top button