नकपा एसको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।

पार्टीले आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नुपरेको बताएको छ ।

आगामी महाधिवेशनको तयारीका लागि बैठक बोलाइए पनि राजनीतिक वातावरण फेरिन थालेपछि एकीकृत समाजवादीले बैठक सारेको हो ।

अब वैशाख २९ गते स्थायी कमिटी र ३० गते पोलिटब्यूरो बैठक बस्नेछ । वैशाखको ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

यसअघि वैशाख २६ मा स्थायी कमिटी र २७ मा पोलिटब्यूरोको बैठक बोलाइएको थियो । वैशाखको २८ र २९ गते केन्द्रीय कमिटीको बैठक तोकिएको थियो ।

Back to top button