राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा आज उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो ।

Back to top button