ताप्लेजुङ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित ताप्लेजुङका नगरप्रमुख तथा गाउँपालिका अध्यक्षले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
निर्वाचित सबैजनालाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश राउतले शपथ ग्रहण गराउनुभएको हो । प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेसँगै अब पालिकाका उपाध्यक्षसहित वडाध्यक्ष तथा वडा सदस्यलाई प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गराउनेछन् ।
फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले भने आजै उपमेयर सहित वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत राउतले नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेसँगै कार्यपालिका गठनलगायतका कार्यक्रमलाई अघि बढाउने बताउनुभयो ।
एक नगरपालिकासहित ९ स्थानीय तह रहेको नगरपालिकासहित गठबन्धनले ६ वटा पालिका र ३ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।