काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ४२ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।
काउन्सीलले लिएको परीक्षामा २ हजार ६० जना सहभागि भएका थिए । ति मध्ये ८६३ जना मात्रै उत्तिर्ण भएका छन् । ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् ।
काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए ।
काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) लिएको थियो ।