काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाउनुभएन ।
भ्रातृ शोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनुभएको थिएन ।