विदेशिएका सन्तान र आमाको पीडा बोल्ने ‘आशिर्वाद’

विदेशिएका सन्तान र आमाको पीडा बोल्ने 'आशिर्वाद'

हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोक कुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतको शब्द सुरज गैरे ‘बिबश’ र अशोक कुमार तिमल्सिनाले लेखेका हुन् भने संगीत सुवास भुषालले दिएका छन् ।
भिडियोको लेखन तथा निर्देशन अशोकले नै गरेका हुन् ।

पारस तिमल्सिनाले निर्माण गरेको भिडियोलाई राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

Back to top button