
गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओंठैमा’को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ। गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ।
गीतको भिडिओमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ। रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो।
चपली हाइटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ। राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ।
यो गीतको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास गीतकार तारा अधिकारीको छ। निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामीण परिवेश देखाउन खोजिएको बताए।
गीतकार अधिकारीको यस अघि नै ‘सपना र सुनौलो’ तारा एल्बम बजारमा आइसकेको छ।