विराटनगरमा प्रथम विराट चलचित्र कार्यशाला सुरु

विराटनगर । कला, संस्कृति तथा पर्यटन प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि विराटनगरमा साताब्यापी प्रथम विराट चलचित्र कार्यशाला सुरु भएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको कार्यशालामा चलचित्र सम्बन्धि विभिन्न आयाममा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।

कार्यशालाको आज सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गर्दै कला, संस्कृति र चलचित्र क्षेत्रमा आवश्यक सहयोग गर्न प्रदेश सरकार, आफु र नेकपा एमाले सधैं तयार हुने बताउनुभएको छ ।

उहाँले परिवर्तित राजनितिक घटनाक्रमले कोशी प्रदेशमा आशातित काम गर्न तत्काल नपाएको भन्दै यद्यपी रजानितिक कोर्ष फेरिँदै आफूले पुनः सरकारमा सहभागि हुने अवस्था आउँदा यस क्षेत्रको विकास र प्रव्धनमा धेरै काम गर्ने बताउनुभयो ।

उहाँले सामाजिक विकास मन्त्रालय जिम्मेवारीका हिसाबले बृहत रहेको तर बजेट चाहिँ न्यून विनियिोजन हुने गरेको समेत बताउनुभयो । यद्यपी सिमित स्रोतलाई पनि उचित ढंगबाट परिचालन गरिने उहाँले बताउनुभयो ।

उहाँले कार्यशालमा सहभागिहरुलाई सम्बोधन गर्दै कार्यशालाले आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो । कला, तथा रंगकर्मीहरुले पनि आ–आफ्नो क्षेत्रबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै राष्ट्र निर्माण पनि भोको पेटले नहुने भन्दै सबैभन्दा पहिला आफु बाँचेर मात्र देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै उहाँले हरेक व्यक्तिले गर्ने कार्य सानोबाट नै सुरु हुने गरेको भन्दै सपना भने त्यसको अधिकतम स्थानमा पुग्ने देख्नुपर्ने बताउनुभयो । एउटा नृत्य गर्ने व्यक्तीले नायक नायीका हुँदै निर्देशक निर्माता बन्ने सपना देख्नुपर्ने बताउनुभयो । नेपालमा सपना देख्ने र देखाउनेको आलोचना हुने गरेको भन्दै तर सपना नै नदेख्ने ब्यक्तिले आशातित उपलब्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

यस्तै सामाजिक विकास मन्त्री राजभण्डारीले पछिल्लो समय सामाजिक परिवेश बद्लिएको भन्दै ४० वर्ष अघिका बेहुलाबेहुली (अर्थात आमाबुवा)लाई मात्र घरमा छाड्ने र अन्यत्र जाने क्रम बढेको भन्दै यसले वैज्ञानिक उपलब्धि मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, वैज्ञानिक उपलब्धि मात्र नभई अग्र्यानिक उपलब्धि पनि हुन आवश्यक रहेको बताउनुभयो । घरको खेतबारी बाँझो राख्ने अनि अग्र्यानिक उत्पादन खोज्ने न्यायोचित नहुने बताउनुभयो ।

चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष अरूण प्रधानले अझै पनि राज्यको दृष्टिकोणपनि कला क्षेत्रमा अपेक्षाकृत हुन नसकेको बताउनुभयो । देशभरमा कोशी प्रदेशबाट मात्रै करिब ७० प्रतिशत कलाकार रहेपनि यहि प्रदेशमा अपेक्षाकृत सम्बोधन हुन नसकेको भन्दै प्रदेश सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय सभा पूर्व सदस्य तथा आयोजक संस्थाका अध्यक्ष खेम नेपालीले कला, संस्कृति र पर्यटन प्रवद्घनको लागि यस संस्थाले काम गर्ने भन्दै त्यसकालागि तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी सामुदायीक महाशाखा प्रमुख अनिता कोईराला, निर्देशक इन्द्र परियार, निर्देशक तथा कलाकार केशव रायमाझी लगायतले पहिलो पटक आयोजना भएको विराट चलचित्र कार्यशालाले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । कार्यशालामा कोशी प्रदेशभरीबाट आएका करिब ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

Back to top button