
विराटनगर । मोरङको रंगेली नगरपालिका ७ रंगेली बजारमा पश्चिम तर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका ६ सौठाका ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको हो ।
ना४ख ३४९३ नम्बरको टिपरले प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकल खड्काको रंगेली अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।
टिपर र चालक धनपालथान ६ का ३९ वर्षीय विद्यासागर रायलाई ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएको छ ।