
काठमाडौं । सरकारले गत वर्ष काटेको दरबन्दीमध्ये चार वटा डिआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । योसँगै नेपाल प्रहरीमा ५ जना एसएसपीले डिआईजीमा बढुवा हुने अबसर पाउने भएको हो ।
हालै सरकारले थपेको एआईजीमा डिआईजी सहकुलबहादुर थापालाई सिफारिस गरिएको छ । उहाँको दरबन्दीसहित ५ जनाले डिआईजीमा बढुवा पाउने भएको हो ।
बढुवा हुने सूचीमा पूरानो र नयाँ ब्याचका गरी २० जना बढी एसएसपी छन् । जसमा पूराना ब्याचबाट शौरभ राणा, सुशीलकुमार यादव, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइरालालगायत हुनुहन्छ ।
नयाँ ब्याचबाट सन्दीप भण्डारी, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, भीमप्रसाद ढकाल, किरण बज्राचार्य, टेकबहादुर तामाङ, रामदत्त जोशी, मीरा चौधरी, पोषराज पोखरेललगायतका एसएसपीहरु डीआईजी बढुवाका लागि प्रतिस्पर्धि हुनुहुन्छ ।
सरकारले गत वर्ष २६ डिआईजीको दरबन्दीमध्ये १२ वटा कटौति गरेर १४ वटामा झारेको थियो । पछि प्रहरी संगठन असन्तुष्ट बनेपछि ५ वटा दरबन्दी थप गरेको थियो । तर अहिले प्रहरी संगठनको काम कारबाही प्रभावित भइरहेकोले थप ४ वटा डिआईजीको दरबन्दी थप्न लागेको हो ।