तिम्रो काखमा गणेश र गरिमा

काठमाडौं । कलाकार गणेश हमाल र गरिमा शर्माको अभिनय रहेको ‘तिम्रो काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् म्युजिक भिडियो सार्वजनिक भएको हो ।

प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको यस म्युजिक भिडियोमा चर्चित मोडलद्धय हमाल र शर्माको उत्कृष्ट अभिनय रहेको छ । रीता भण्डारीको शब्द तथा मनोज चौलागाईको संगीत रहेको गीतमा कुशल राज खड्काले स्वर दिनुभएको छ ।

गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गर्नु भएको हो भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन रहेको छ।

Back to top button