प्रदेश १ संसद भवनमा जे देखियो(फोटो फिचर)

विराटनगर । प्रदेश सरकारको कूल ३ करोड १० लाख १८ हजार ३सय ६८ रुपैयाँ खर्चमा संसद् भवन बन्यो । नवनिर्मित भवनमा प्रदेशसभा सदस्यका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारका लागि माथिल्लो तल्लामा बसाइ व्यवस्थापन गरिएको छ । दर्शक दीर्घामा कूल ४० जना, पत्रकारका लागि २० र कर्मचारीका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको छ । शुक्रवार नयाँ भवनमा नवौँ तथा हिउँदे अधिवेशनको पहिलो बैठक बस्यो । पुराना र साँघुरा कोठामा बसेका सांसदहरूले नयाँ भवनमा विभिन्न हर्कनै देखाए । हलमा प्रवेश गरेपछि सेल्फी खिच्ने उपरखुट्टी लगाए र सुत्न समेत उनीहरूले भ्याए । मन्त्री समेत फोटो खिचिदिन व्यस्त देखिन्थे ।

 

Back to top button