टी २० विश्वकप क्रिकेट : भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं । विश्वकप टी २० क्रिकेटको छनौट खेलमा पाकिस्तानले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङले पाकिस्तानले १० बिकेटले भारतलाई पराजित गरेको हो ।

शारजाहमा टस हारेर ब्याटिङ गरेका भारतले ७ बिकेटको क्षतिमा १५१ रन बनाएको थियो । पाकिस्तानले पाएको १५२ रनको लक्ष्य १७ दशमलव ५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । पाकिस्तानका लागि रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भनेकप्तान बाबरले ५२ बलमा६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाउनुभएको थियो ।

टस हारेर ब्याटिङ गरेको भारतको सुरूवात निकै खराब रहयो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पार्नुभएको थियो भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गर्नुभयो।

सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गर्नुभयो । तर पन्तले ३० बलमा ३९ रन जोड्नुभयो ।

त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाउनुभयो । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहनुभयो ।

पाकिस्तानका लागि अफ्रिदीले ३ विकेट लिनुभयो । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिनुभयो ।

Back to top button