आज कुकुर तिहार

विराटनगर । हिन्दुधर्मालम्बीहरुले तिहार पर्वको आज दोस्रो दिन कुकुर पूजा गरेर मनाउँदै छ । कात्र्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने हिन्दु संस्कार र संस्कृति रहेको छ ।

यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

Back to top button