शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दैछ : मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले शिक्षा, स्वास्थ्य र रोजगारमा प्रगति गर्दै गएको बताउनुभएको छ । नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले हिजो आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले भन्नुभएको हो ।

कार्यक्रममा मन्त्री पौडेलले देशमा बन्दै गएको अनुकूल वातावरणले गर्दा विदेशमा रहेका नेपालीहरू पनि क्रमशः स्वदेशमै फिर्ता हुने र केही आफ्नै देशमा केही पेसा व्‍यवसाय गर्ने क्रम बढ्दै गएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ।’उहाँले आफ्नो देश आफैँले बनाउनुपर्ने भन्दै सबैलाई जिम्मेबार बन्‍न र सक्रिय भएर लाग्नसमेत अनुरोध गर्नुभयो ।

Back to top button