प्रचण्ड सहभागि हुने कार्यक्रमको लागि नगरपालिकाको सार्वजनिक विदा

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर महोत्तरी आउने भएपछि यहाँको एक नगरपालिकाले आज सार्वजनिक विदा नै दिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाका अन्तर्गतका ७ वटा वडामा आज आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तिनै केन्द्रको उद्घाटनका लागि प्रचण्ड आउने भएपछि नगरप्रमुख अशोककुमार मण्डलले हिजो सूचना जारी गर्दै सार्वजनिक विदा दिनुभएको हो ।

उहाँले सार्वजनिक विदा दिँदै कार्यक्रममा सहभागि हुन जनतासँग आग्रह समेत गर्नुभएको छ । यसरी प्रचण्ड प्रमुख अतिथि हुने भएकै कारणले नगरपालिकाले सार्वजनिक विदा नै दिएको स्थानीयले भने असन्तुष्टि समेत ब्यक्त गरेका छन् ।

Back to top button