ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु‚ २० घाइते

जनकपुर । धनुषाको विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गएराती अनटेष्ट ट्रयाक्टर दुर्घटना भएको हो।

दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्रयाक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो।

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आएका थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घाइते सवै भारतीय नागरिक हुन् । घाइते केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Back to top button