
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ ।
दशौं राष्ट्रिय महाधिवेशनमा अन्तिमसम्म अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहटनुभएका रावल केपी शर्मा ओलीसँग पराजित हुनुभएको थियो ।
सामाजिक सञ्जालमा लेख्दैँ उहाँले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटो हिँडाउन आफूले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।
उहाँले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद पनि दिनुभएको छ । उहाँले २०९६ मत खसेकोमा २२३ मत ल्याउनुभएको थियो । केन्द्रीय सदस्यमा विजयी भए पनि उहाँले त्यसलाई अस्वीकार गरी शपथग्रहण बहिस्कार गर्नुभएको थियो ।
एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।