नायिका करिश्मा कक्षा १२ उत्तीर्ण

काठमाडौं । नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षामा उत्तीर्ण पूर्णाङक ल्याएर पास गर्नुभएको छ । आज प्रसारण भएको नतिजाअनुसार उहाँले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गर्नुभएको हो ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो । नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिनुभएको थियो ।

त्यसैगरी कक्षा १२ को नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिर्नुभएको छ ।

Back to top button