गायिका एलिना चौहानको लगनगाँठो विष्णु सापकोटासँग

विर्तामोड । गायिका एलिना चौहानले आज विवाह गर्नुभएको छ । झापाको विर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उहाँले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराउनुभएको हो ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिनुभएका उहाँहरुले खुसी हुँदै औंठी साटासाट गर्नुभयो । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनालीलगायत विवाहमा उपस्थित हुनुहुन्थ्यो ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर हिजो बेलुका नै झापा आउनुभएको थियो । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।

Back to top button