
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यू–१९ एसिया कपका लागि २० खेलाडीलाई क्लोज क्याम्पमा राख्ने निर्णय गरेको छ।
हिजो सम्पन्न भएको एकदिवसिय राष्ट्रिय क्रिकेटमा सहभागि खेलाडीको प्रदर्शनका आधारमा राम्रो प्रदर्शन गर्ने २० खेलाडीलाई क्लोज क्याम्पका लागि छनोट गरिएको क्यानले जनाएको छ।
यस्तै क्यानले छनोट भएका खेलाडीलाई आजदेखि क्लोज क्याम्पमा राख्ने जनाएको छ। प्रतियोगितामा सर्वाधिक राम्रो लयमा देखिएका लुम्बिनीका देव खनालदेखि आदिल अन्सारीसम्म समेटिनुभएको छ ।
यसैगरी छनोटमा परेका खेलाडीहरु,देव खनाल, मोहमद्ध हुसेन, वासिर अहमेद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन कुमाल, कमल परियार, अनुज कुमार चुनरा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, विपिन यादव र अदिल अन्सारी रहनुभएको छ ।