नेपालमा पनि देखियो ओमिक्रोन भेरियन्ट, २ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण नेपालमा पनि २ जनामा पुष्टि भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। अफ्रिकाबाट केहीदिन अघि फैलिएको यो भेरियन्ट कोरोनाको भाइरासभन्दा तीव्र रूपमा फेलिने बताइएको छ।

Back to top button